आज अमेरिकी डलरको भाउ घट्यो ,यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत २ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य घटेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२९ रुपैयाँ र बिक्रीदर १३२.८९ रुपैयाँ कायम थियो ।

