Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:45:11
पेट्रोल तथा डिजेलमा प्रतिलिटर १.५० रुपैयाँका दरले प्रदुषण नियन्त्रण शुल्क लगाइने
NEWS

पेट्रोल तथा डिजेलमा प्रतिलिटर १.५० रुपैयाँका दरले प्रदुषण नियन्त्रण शुल्क लगाइने

काठमाण्डौ । सरकारले नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर १.५० रुपैयाँका दरले प्रदुषण नियन्त्रण शुल्क लगाउने भएको छ । सरकारले आर्थिक विधेयक २०८३ जारी गर्दै यस्तो शुल्क पैठारीकर्तासँग असुल गरी अर्को महिनाको २५ गतेभित्र राजश्व खातामा दाखिला गर्नुपर्ने बताएको छ ।

बुढीगण्डकी आयोजना प्राधिकरण मोडलमा अघि बढाइने
NEWS

बुढीगण्डकी आयोजना प्राधिकरण मोडलमा अघि बढाइने

काठमाण्डौ । सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने भएको छ ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा आगामी आवका लागि बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

२५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गरिने
NEWS

२५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गरिने

काठमाण्डौ । सरकारले हेटौँडामा २५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३÷८४ को बजेट पेश गर्दै ग्रिन हाइड्रोजनको व्यवसायीक उत्पादनको सुरु गर्ने गरी उक्त प्लान्टको निर्माण शुरु गरिने बताएका हुन् । 

जलाशययुक्त आयोजनामा सरकारको ‘बम्पर अफर’: पहिलो वर्षमै ४०% आईपीओ
NEWS

जलाशययुक्त आयोजनामा सरकारको ‘बम्पर अफर’: पहिलो वर्षमै ४०% आईपीओ

काठमाण्डौ । सरकारले ऊर्जा क्षेत्रको दीर्घकालीन समस्या समाधान गर्न जलाशययुक्त जलविद्युत आयोजनालाई विशेष प्रोत्साहन दिने घोषणा गरेको छ। अब जलाशययुक्त आयोजना निर्माण गर्ने प्रवर्द्धकले परियोजनाको वित्तीय स्रोत सुनिश्चित गरी शतप्रतिशत लगानी जुटाउन सके निर्माणको पहिलो वर्षमै परियोजनाको ४० प्रतिशत बराबरको सेयर (आईपीओ) सर्वसाधारणमा निष्कासन गर्न पाउने भएका छन्।...

१०४० मेगावाट बिजुली थपिने
NEWS

१०४० मेगावाट बिजुली थपिने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा थप १  हजार ४० मेगावाट बिजुली थप्ने लक्ष्य लिएको छ । संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

बजेटभन्दा ‘महत्वपूर्ण काम’ भन्दै संसद् छाडे हर्क साम्पाङले
NEWS

बजेटभन्दा ‘महत्वपूर्ण काम’ भन्दै संसद् छाडे हर्क साम्पाङले

काठमाण्डौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक छाडेपछि केहीबेर राजनीतिक वृत्तमा चासो र चर्चा बढेको छ ।  बजेटजस्तो महत्वपूर्ण संसदीय कार्यक्रममा अधिकांश सांसद अन्तिमसम्म उपस्थित रहने चलनका बीच साम्पाङको बहिर्गमनले धेरैको ध्यान तानेको हो ।

आय करको सीमा दोब्बरलेले वृद्धि, व्यक्तिगत आय करको अधिकतम दर १० विन्दुले घटाईयो
NEWS

आय करको सीमा दोब्बरलेले वृद्धि, व्यक्तिगत आय करको अधिकतम दर १० विन्दुले घटाईयो

काठमाण्डौ । उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गर्न सरकारले आय करको छुटको सीमा दोब्बर गरी १० लाख पुर्याएको छ । अर्थमन्त्री स्वर्णि वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् । उस्नै सरकारले व्यक्तिगत आय करको अधिकतम दर १० प्रतिशत विन्दुले घटाएको छ ।  

नेपाली कागजको फाइलमा बजेट, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
NEWS

नेपाली कागजको फाइलमा बजेट, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर सिंहदरबार पुगेका छन्।

वीरगञ्ज नाकाबाट ८८.२२ अर्ब बराबरको आयात
NEWS

वीरगञ्ज नाकाबाट ८८.२२ अर्ब बराबरको आयात

काठमाण्डौ । वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन् । यो नाका भएर गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएको थियो ।

बाढीको चुनौती चिर्दै लक्ष्यतर्फ त्रिशूली–१, वियर गेटको सफल परीक्षण
NEWS

बाढीको चुनौती चिर्दै लक्ष्यतर्फ त्रिशूली–१, वियर गेटको सफल परीक्षण

काठमाण्डौं । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशूली–१ ले निर्माणको अर्को महत्वपूर्ण खुड्किलो पार गरेको छ ।  २१६ मेगावाट क्षमताको उक्त आयोजनामा बाँधको मुख्य संरचनामध्ये एक मानिने वियर गेट सफलतापूर्वक जडान तथा परीक्षण भएपछि आयोजना अब उत्पादन तयारीको थप नजिक पुगेको छ ।

सुस्त अर्थतन्त्रलाई गति दिन कर प्रणालीमा ठूलो हेरफेरको तयारी
NEWS

सुस्त अर्थतन्त्रलाई गति दिन कर प्रणालीमा ठूलो हेरफेरको तयारी

काठमाण्डौं । अर्थतन्त्रमा देखिएको सुस्ती, निजी क्षेत्रको घट्दो मनोबल र बजारमा खस्किएको मागलाई पुनर्जीवित गर्ने दबाबबीच सरकारले आगामी बजेटलाई ‘राजस्वमुखी’ भन्दा ‘आर्थिक पुनरुत्थानमुखी’ बनाउने संकेत दिएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने पहिलो बजेटले कर उठाउनेभन्दा आर्थिक गतिविधि बढाउने लक्ष्यलाई प्राथमिकता दिन सक्ने स्रोतहरूको दाबी छ ।

बजेटअघि भन्सार ठप्प, नयाँ कर संरचनाको प्रतीक्षा
NEWS

बजेटअघि भन्सार ठप्प, नयाँ कर संरचनाको प्रतीक्षा

काठमाण्डौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही घण्टा बाँकी रहँदा देशभरका भन्सार नाकामा जाँचपास प्रक्रिया अस्थायी रूपमा रोकिएको छ ।  बजेटमार्फत परिवर्तन हुन सक्ने कर, भन्सार महसुल र शुल्कका नयाँ दर लागू गर्नुपर्ने भएकाले सरकारले नियमित आयात–निर्यात प्रक्रिया केही समयका लागि स्थगित गरेको हो ।

सरकारी कर्मचारीका लागि ‘गोल्डेन ह्यान्डसेक’ ! स्वेच्छिक अवकाशमा विशेष प्याकेज
NEWS

सरकारी कर्मचारीका लागि ‘गोल्डेन ह्यान्डसेक’ ! स्वेच्छिक अवकाशमा विशेष प्याकेज

काठमाण्डौं । बढ्दो प्रशासनिक खर्च नियन्त्रण गर्ने अभियानमा लागेको सरकारले अब कर्मचारी व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ रणनीति अघि सार्ने भएको छ ।  आगामी आर्थिक वर्षको बजेटमार्फत स्वेच्छिक अवकाश कार्यक्रमलाई सक्रिय बनाउँदै सरकारी संयन्त्रको आकार घटाउने तयारी गरिएको स्रोतहरूले बताएका छन् ।

बजेटको मुखमा सरकारभित्रै शक्ति संघर्ष, मुख्यमन्त्री कि मन्त्री फेरबदल ?
NEWS

बजेटको मुखमा सरकारभित्रै शक्ति संघर्ष, मुख्यमन्त्री कि मन्त्री फेरबदल ?

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा केन्द्रित हुनुपर्ने बेला सत्ता गठबन्धनभित्र नेतृत्व र मन्त्रालय बाँडफाँडको विवादले नयाँ मोड लिएको छ ।  बजेट ल्याउने तयारीभन्दा पनि मुख्यमन्त्री परिवर्तन गर्ने कि नगर्ने भन्ने बहस अहिले प्रदेश राजनीतिमा प्रमुख एजेन्डा बनेको छ ।

आइतबार बिदा विवाद : २२० दिनको पढाइ संकटमा, केन्द्र सरकारको निर्णयप्रति स्थानीय तह असन्तुष्ट
NEWS

आइतबार बिदा विवाद : २२० दिनको पढाइ संकटमा, केन्द्र सरकारको निर्णयप्रति स्थानीय तह असन्तुष्ट

काठमाण्डौं । विद्यालयमा आइतबार बिदा दिने केन्द्र सरकारको निर्णयले संघीय शासन व्यवस्थाभित्र अधिकार बाँडफाँडको विषयलाई पुनः विवादको केन्द्रमा ल्याएको छ ।  काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले शिक्षा क्षेत्र आफ्नो संवैधानिक अधिकारभित्र पर्ने विषय भएको भन्दै केन्द्र सरकारले एकतर्फी निर्णय गरेर स्थानीय सरकारको भूमिका कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।

फिटनेस शंकाबीच पनि टिममा समेटिए मेस्सी, अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा
NEWS

फिटनेस शंकाबीच पनि टिममा समेटिए मेस्सी, अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा

काठमाण्डौ । अर्जेन्टिनाले आगामी फिफा विश्वकपका लागि आफ्नो २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । जसमा कप्तान लियोनल मेस्सीको नाम पनि समावेश गरिएको छ। केही दिनदेखि उनको फिटनेसलाई लिएर उठेको शंकाबीच पनि प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई टोलीमा राखेका हुन्।३८ वर्षीय मेस्सीले हालै आफ्नो क्लब इन्टर मियामीका लागि खेलेको अन्तिम खेलमा बायाँ ह्यामस्ट्रिङमा मांसपेशी समस्याका...

आर्थिक गणनामा १० लाखभन्दा बढी प्रतिष्ठान समेटिए, ७०% प्रगति हासिल
NEWS

आर्थिक गणनामा १० लाखभन्दा बढी प्रतिष्ठान समेटिए, ७०% प्रगति हासिल

काठमाण्डौ । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत हालसम्म १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गरिएको छ। करिब १४ लाख प्रतिष्ठान समेट्ने लक्ष्यसहित सुरु गरिएको गणनाले देशको औपचारिक तथा अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार उजागर गर्ने अपेक्षा गरिएको छ।गत वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म...

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने, २६ हजार ८८८ आवेदनमध्ये २०८ अस्वीकृत
NEWS

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने, २६ हजार ८८८ आवेदनमध्ये २०८ अस्वीकृत

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्न लागेको छात्रवृत्ति छनोट परीक्षा यस वर्ष पनि ठूलो संख्यामा विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।  आगामी आइतबार हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति हुँदै, आवेदन आह्वान
NEWS

पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति हुँदै, आवेदन आह्वान

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला आवेदन आह्वानमार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन आह्वान गरेको हो।

अमेरिका–इरान वार्ता निर्णायक मोडमा, अस्थायी समझदारी नजिक
NEWS

अमेरिका–इरान वार्ता निर्णायक मोडमा, अस्थायी समझदारी नजिक

काठमाण्डौं । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनावका बीच अस्थायी युद्धविराम र आणविक वार्तालाई नयाँ ढाँचामा अघि बढाउने प्रयास तीव्र बनेको छ ।  दुवै पक्ष ६० दिने अन्तरिम समझदारीको नजिक पुगेको दाबी गरिए पनि अन्तिम राजनीतिक सहमति भने अझै टुंगो लाग्न बाँकी रहेको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.