सगरमाथा आरोहणका लागि ४ सय बढीले लिए अनुमति, ७ हजार मिटरसम्म बाटो बन्यो
काठमाण्डौ । विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि ४ सय बढीले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार आइतबारसम्म ५३ देशका ४०२ आरोहीले अनुमति लिएका हुन् । यी मध्ये ४१ आरोही समूह छन् । जसमा ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल ४१४ जनाले अनुमति लिएका थिए ।