चीनले बहुमूल्य धातुको निर्यातमा प्रतिबन्ध लगाएसँगै संकटमा विश्व अटो क्षेत्र, स्विफ्टको उत्पादन बन्द
काठमाण्डौ । चीनले बहुमूल्य धातु (रेयर अर्थ सामग्री) निर्यातमा लगाएको प्रतिबन्धको प्रत्यक्ष असर विश्वको अटो उद्योगमा देखिएको छ । मारुती सुजुकीको मूल कम्पनी सुजुकी मोटर कर्पोरेसनले जापानमा आफ्नो लोकप्रिय मोडल स्विफ्टको उत्पादन बन्द गर्नु परेको छ । यस्तै युरोपका केही अटो कम्पनीहरूले पनि उत्पादन बन्द गरेका छन् । यसमा फोर्ड, निसन, बीएमडब्लू र मर्सिडिज जस्ता कम्पनीहरू सामेल...