पाँचथरको याङवरकमा बाढी–पहिरोको कहर, बस्तीदेखि पूर्वाधारसम्म ठूलो क्षति
काठमाण्डौं । निरन्तरको वर्षासँगै उत्पन्न बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा गम्भीर मानवीय तथा भौतिक संकट सिर्जना गरेको छ । विपद्ले बस्ती मात्र नभई पूर्वाधार, कृषि उत्पादन र ऊर्जा क्षेत्रमा समेत व्यापक असर पारेपछि स्थानीय जीवन अस्तव्यस्त बनेको छ ।

