वीरगञ्ज भन्सारमा गाभियो सुख्खा बन्दरगाह
काठमाण्डौ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । वीरगञ्ज भन्सार कार्यालयमा गाभिएसँगै एकीकृत कार्यालयबाट सेवा प्रवाह समेत सुरु भएको छ ।यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो ।