ई–पासपोर्ट छानबिनः आरजु राणा देउवालाई अख्तियारको म्याद, स्वकीय सचिवमार्फत तामेल
काठमाडौं। ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी छानबिनलाई अगाडि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन म्याद जारी गरेको छ। उक्त म्याद पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामार्फत तामेल गरिएको जनाइएको छ।

