कर प्रणाली सुधारको नयाँ चरणमा प्रवेश गरेको अर्थमन्त्री डा. वाग्लेको दाबी
काठमाण्ण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालको कर प्रणालीलाई संरचनात्मक सुधारको चरणमा प्रवेश गराइएको बताएका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकार प्रगतिशील कर प्रणालीलाई व्यवहारमा उतार्ने स्पष्ट मार्गमा अघि बढिरहेको दाबी गरे।

