देवकुमार ढकाल बने रा.बा. बैंकको अध्यक्ष, राष्ट्रबैंकमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव
काठमाण्डौ । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । केही महिनाअघि नेपाल राष्टबैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका उनलाई शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । शुक्रबार नै नवनियुक्त अध्यक्ष ढकालले पदभार समेत ग्रहण गरे ।