डोङफेङद्वारा नयाँ सेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
काठमाण्डौ । डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभ (HKEX: 7489) मा आफ्नो हिस्सेदारी बढाउँदै कम्पनीमाथिको नियन्त्रण अझ बलियो बनाएको छ।भोयाले बुधबार जानकारी दिँदै डोङफेङ मोटर (हङकङ) इन्टरनेशनलले सेकेन्डरी बजारमार्फत कम्पनीका २ करोड १ लाख९० हजार H सेयर खरिद गरेको जनाएको छ। यो ईभी निर्माता कम्पनीको कुल जारी सेयर पूँजीको करिब ०.५५...

