फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, सेयर परिमार्जन मुख्य प्रस्ताव
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत २६ गते बसेको संचालक समितिको बैठकले १३औं सभा वैशाख २१ गते दिनेश स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

