कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, सभा आधा घण्टा स्थगित
काठमाडौं । कोशी प्रदेशसभा बुधबार सरकारको नीति तथा कार्यक्रमलाई लिएर राजनीतिक भिडन्तको मैदान बनेको छ । सदनको वातावरण नियन्त्रणबाहिर जान थालेपछि सभामुख विष्टले बैठक सञ्चालन गर्न कठिन भएको जनाउँदै प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

