काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने, २६ हजार ८८८ आवेदनमध्ये २०८ अस्वीकृत
काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्न लागेको छात्रवृत्ति छनोट परीक्षा यस वर्ष पनि ठूलो संख्यामा विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । आगामी आइतबार हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

