बजेटको मुखमा सरकारभित्रै शक्ति संघर्ष, मुख्यमन्त्री कि मन्त्री फेरबदल ?
काठमाण्डौं । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा केन्द्रित हुनुपर्ने बेला सत्ता गठबन्धनभित्र नेतृत्व र मन्त्रालय बाँडफाँडको विवादले नयाँ मोड लिएको छ । बजेट ल्याउने तयारीभन्दा पनि मुख्यमन्त्री परिवर्तन गर्ने कि नगर्ने भन्ने बहस अहिले प्रदेश राजनीतिमा प्रमुख एजेन्डा बनेको छ ।

