पाथीभरा केवलकार विवाद: सरकारले गठन गर्यो उच्चस्तरीय कार्यदल, १५ दिनको समयसीमा
काठमाण्डौ । सरकारले ताप्लेजुङस्थित ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको मुक्कुम्लुङ पाथीभरा क्षेत्रलाई जोड्ने प्रस्तावित केवलकार परियोजनासँग सम्बन्धित दीर्घकालीन विवाद र समस्याको समाधान खोज्न उच्चस्तरीय कार्यदल गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार बिहीबार उक्त कार्यदल गठन गरिएको हो।

