लघुबीमकले संकलन गरे रु.२ अर्ब प्रिमियम, सूचीकृत कम्पनीको व्यवसायमा देखिएन ग्रोथ
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले २ अर्ब भन्दा बढी प्रिमियम कलेक्सन गरेका छन् । चालु आवको १० महिनासम्ममा लघु जीवन बीमा र लघुनिर्जीवन बीमा कम्पनीले २ अर्ब ६ करोड ५८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । लघुबीमकहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा २३.७५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुबीमकहरुले १ अर्ब ६६ करोड ९३ लाख रुपैयाँ बराबरको प्रिमियम...

