पोखरा बसपार्क क्षेत्रमा अनधिकृत संरचना हटाउन डोजर चलाइयो
काठमाण्डौ । पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बसपार्क क्षेत्रभित्र रहेका अनधिकृत संरचनामा बिहीबार डोजर चलाइएको छ। महानगरपालिकाले बसपार्क विस्तार कार्यलाई अघि बढाउनका लागि अवरोध बनेका संरचना हटाउने अभियान अन्तर्गत सो कारबाही गरेको हो।

