‘खुट्टा भाँचिदिनू’ अभिव्यक्तिप्रति मन्त्रीको संसदमा स्पष्टीकरण, ठेकेदारलाई धम्की दिने उद्देश्य नभएको मन्त्रीको दाबी
काठमाण्डौ । पूर्वाधार विकासमन्त्रीले ठेकेदारको “खुट्टा भाँचिदिनू” भन्ने आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले उक्त भनाइलाई शाब्दिक रूपमा नबुझ्न आग्रह गर्दै आफ्नो उद्देश्य निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारलाई कामप्रति जिम्मेवार बनाउन दबाब दिनु मात्र रहेको बताएका छन्।

