रवि लामिछानेमाथि मानव अधिकार आयोगको गम्भीर प्रश्न, नख्खु जेल प्रकरणमा रवि शंकाको घेरामा
काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिर निकालिएको घटनामा रवि लामिछानेको भूमिका संदिग्ध देखिएको निष्कर्ष निकाल्दै थप गहिरो अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगको प्रतिवेदनले उक्त घटनामा राजनीतिक प्रभाव, कारागार प्रशासन र सुरक्षा संयन्त्रबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ ।

