सरकारी कर्मचारीका लागि ‘गोल्डेन ह्यान्डसेक’ ! स्वेच्छिक अवकाशमा विशेष प्याकेज
काठमाण्डौं । बढ्दो प्रशासनिक खर्च नियन्त्रण गर्ने अभियानमा लागेको सरकारले अब कर्मचारी व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ रणनीति अघि सार्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत स्वेच्छिक अवकाश कार्यक्रमलाई सक्रिय बनाउँदै सरकारी संयन्त्रको आकार घटाउने तयारी गरिएको स्रोतहरूले बताएका छन् ।

