देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको दोस्रो पटक पनि इन्कार
काठमाण्डौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध रेड नोटिस जारी गर्न नेपालले गरेको आग्रहलाई इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न आवश्यक कागजात र कानूनी आधार पर्याप्त नभएको भन्दै इन्टरपोलले थप स्पष्ट विवरण मागेको हो ।

