मंगलवार, बैशाख २३,२०८२ 07:07:38
IME remit
  • मंगलवार, बैशाख २३,२०८२ 07:07:38
IME remit
Global IME Bank Limited

सन् २०४३ सम्म युरोपमा मुस्लिमको राज हुने ! सही साबित होला त भविष्यवाणी ?

Hyundai Nepal
सन् २०४३ सम्म युरोपमा मुस्लिमको राज हुने ! सही साबित होला त भविष्यवाणी ?
Nabil Bank Limited

काठमाण्डौ । इतिहासमा यस्ता व्यक्तिहरू छन्, जसले भविष्य हेर्न सक्ने क्षमता भएको दाबी गरेका छन्। त्यस्ता व्यक्तिहरूमध्ये बुल्गेरियाका अन्धो बाबा भेंगा पनि छन्, जसले संसारको बारेमा धेरै सही भविष्यवाणी गरेका छन्। बाबा भेङ्गाको आँखाले हेर्ने क्षमता थिएन तर उनको भविष्यवाणी पूर्ण रूपमा सत्य साबित भयो। उनको धेरैजसो भविष्यवाणी उनको मृत्यु पछि सही साबित भएका छन् ।  

यही कारणले गर्दा उनको मृत्युको धेरै वर्षपछि पनि मानिसहरूले उनको भविष्यवाणीमा नजर राख्छन्। बाबा भेङ्गाको यस्तै एउटा भविष्यवाणीमध्ये युरोपमा मुस्लिम शासन हुने भन्ने पनि हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बाबा भेङ्गाको भविष्यवाणीमा सन् २०४३ सम्म सम्पूर्ण युरोप मुस्लिम शासनको अधीनमा हुने जनाइएको छ। उनले सन् २०२५ मा युरोपमा ठूलो द्वन्द्व हुने भविष्यवाणी गरेका थिए, जसलाई उनले हजारौं वर्षपछि विश्वको अन्त्यतर्फ लैजाने विनाशकारी घटनाहरूको श्रृंखलाको सुरुवात हुने बताएका छन्। उनले सन् ५०७९ मा विश्वको अन्त्य हुने भविष्यवाणी गरेकी थिइन् ।साथै, बाबा भेङ्गाले सन् २०७६ सम्ममा सारा विश्वमा कम्युनिष्टको शासन हुने बताएकी थिइन् ।

बाबा भेंगाले दोस्रो विश्वयुद्ध, सोभियत संघको विघटन र चेर्नोबिल प्रकोप लगायतका धेरै महत्त्वपूर्ण घटनाहरूको भविष्यवाणी गरेकी थिइन् । उनले स्टालिनको मृत्यु, रूसी पनडुब्बी कुर्स्कको डुब्ने भविष्यवाणी पनि गरेकी थिइन् । उनको सबैभन्दा महत्त्वपूर्ण भविष्यवाणीहरूमा सन् २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड टावरमा भएको आक्रमण र बेलायतकी राजकुमारी डायनाको मृत्यु समावेश छ।

 

Muktinath Bikas Bank Limited

को हुन् बाबा भेंगा ?

बाबा भेंगाको जन्म सन् १९११ मा बाल्कन क्षेत्रको बुल्गेरियामा भएको थियो। जब उनी १२ वर्षकी थिइन्, उनले आँधीमा परेर आँखा गुमाइन्। यसपछि उनले भविष्य हेर्ने क्षमता विकास गरेको बताइएको छ ।

उनको मृत्यु सन् १९९६ मा भएको थियो । भनिन्छ कि बाबा वेंगाले पहिले नै आफ्नो मृत्युको भविष्यवाणी गरेकी थिइन् ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.