पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कुन क्षेत्रमा कति पर्छ ?
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मार्च १५ मा मूल्य घटेर आएकोले निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका प्रवक्ताका अनुसार शुक्रबार(आज) मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय भएको हो ।