युएईको नयाँ भिजिट भिसा नीति: नाताअनुसार तलबको न्यूनतम दर तय, कसलाई लैजान कति तलब हुनुपर्छ ?(सूचिसहित)
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार, आफन्त वा साथीलाई युएई बोलाउन चाहने व्यक्तिको आम्दानी पर्याप्त र प्रमाणित हुनुपर्नेछ।नयाँ व्यवस्थाअनुसार स्पोन्सरको मासिक पारिश्रमिक कम्तीमा चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान गरिएको छ। तलबको सीमा सम्बन्ध अनुसार फरक–फरक तय गरिएको छ।

