बन्दिपुर केबलकारले पायो आईपीओ निष्कासनको अनुमति
काठमाण्डौ । बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले आजै अनुमति प्रदान गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।