सरकारको नयाँ निर्णय : यात्रुका लागि भन्सार छुट ५०० रुपैयाँसम्म
काठमाण्डौँ । सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुका लागि लागू हुने भन्सार छुट सीमा वृद्धि गरेको छ। अब यात्रुले साथमा ल्याउने वा लैजाने व्यक्तिगत सामानको अधिकतम मूल्य सीमा १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ।

