निजी आवासिय घर निर्माण खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा ३ करोड पुर्याइयो
काठमाण्डौ । निजी आवासिय घर निर्माण खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।