ट्रम्पको प्रतिबन्ध चेतावनीले कच्चा तेलको मूल्य $120 पुग्ने संकेत, भारतमा महँगीको खतरा !
काठमाण्डौ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रंपले रूसमाथि कडा व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य १२० अमेरिकी डलरसम्म पुग्ने सम्भावना बढेको छ। यसले भारतजस्ता आयात–निर्भर मुलुकहरूमा इन्धनको मूल्य वृद्धिसँगै व्यापक महँगीको चपेटा ल्याउने विश्लेषकहरूको अनुमान छ।