बालेनको प्रचारले बढायो डिडिसीको आम्दानी, कृषकले भने अझै पाउन सकेनन् भुक्तानी
–रविन ठकुरी काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान(डिडिसी)बाट उत्पादित चिजको उपभोग गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपश्चात डीडीसीको आम्दानी बढेको छ । तर (डिडिसी) ले किसानको बक्यौता भने अझै दिन सकेको छैन । डिडिसीले किसानको ६० करोड रुपैयाँ बक्यौता दिन बाँकी रहेको छ ।बजारमा दैनिक ७५ देखि ८० हजार लिटर दुधको माग रहेको छ । तर किसानबाट दैनिक ६० हजार दुध...

