विश्वभर डलरको प्रभुत्व कम हुँदै, बन्यो ५२ वर्षकै कमजोर
काठमाण्डौ । अमेरिकी मुद्रा डलरले धेरै दशकदेखि विश्वमा शासन गर्दै आएको छ। तर पछिल्ला वर्षहरूमा यसको प्रभाव घटेको छ। यो वर्ष डलरको अवस्था झन कमजोर बन्दै गएको छ । वर्षको पहिलो ६ महिनामा डलर सूचकांक १०.८ प्रतिशतले घटेको छ ।सन् १९७३ मा सुन ब्रेटन वुड्स प्रणालीको अन्त्य भएयता डलरको यो सबैभन्दा खराब प्रदर्शन हो। यो प्रणाली सन् १९४४ मा सिर्जना गरिएको थियो। यसमा सुनलाई डलर र स्थिर...