उत्पादनमा कमी आएसँगै बढ्यो अण्डाको मूल्य
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले अण्डाको समर्थन मूल्य तोक्दै चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ निर्धारण गरेको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको छ ।