१३ जिल्लामा खानेपानी परियोजनाका लागि एडीबीले स्वीकृत गर्यो ११.५ करोड डलर ऋण
काठमाण्डौ । नेपालका नगरपालिकामा खानेपानी तथा सरसफाइ सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले एसियाली विकास बैंक (एडीबी) ले ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।एडिबीले उपलब्ध गराउने उक्त वित्तीय सहयोग ‘एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना’ कार्यान्वयनका लागि उपयोग गरिनेछ।

