एक वर्षमा ६.१६ लाख थान नक्कली डलर बरामद, २१२०.६२% ले वृद्धि
काठमाण्डौ । गत आर्थिक वर्षमा नक्कली डलर देखाएर ठग्नेहरु बढेका छन् । नेपाल प्रहरीका अनुसार गत आवमा १०० र ५० दरका कुल ६ लाख १६ हजार थान नक्कली डलर बरामद भएको छ ।यो अघिल्लो आवको तुलनामा २१२०.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा सोही दरका २७ हजार ७४० थान नक्कली डलरका नोटहरु मात्रै बरामद भएको थियो । विशेषगरी नेपालजस्तो विकासोन्मुख वा आर्थिक रुपले केही कमजोर देशहरुमा छिटो पैसा कमाउने...