मनसुन र पर्यटकीय अफसिजनले जोमसोम हवाई सेवा रोकियो, तारा र समिट एयरको पोखरा–जोमसोम उडान अस्थायी रूपमा बन्द
काठमाण्डौं । पोखरा–जोमसोम नियमित हवाई सेवा अस्थायी रूपमा बन्द गरिएको छ। तारा एयरलाइन्स र समिट एयरलाइन्सले बर्खायाम, मनसुनको प्रतिकूल मौसम र पर्यटकीय सिजन सुस्त भएकाले करिब तीन महिनाका लागि उडान रोकिएको जनाएका छन्।

