२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ
काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.६८ प्रतिशत र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ । बीमा...

