लाभांश पारित गर्न कालिञ्चोक दर्शनले डाक्यो एजीएम, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश पारित गर्न साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १५ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाण्डौको गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...

