मेघगर्जनसहित वर्षाको सम्भावना, केही क्षेत्रमा हावाहुरीको चेतावनी
काठमाण्डौं । पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी क्षेत्रनजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर मौसममा उल्लेख्य परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि नै विभिन्न प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको क्रम जारी रहेको छ ।

