Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेघगर्जनसहित वर्षाको सम्भावना, केही क्षेत्रमा हावाहुरीको चेतावनी

Laxmi Sunrise Bank Limited
मेघगर्जनसहित वर्षाको सम्भावना, केही क्षेत्रमा हावाहुरीको चेतावनी
Shivam Cement

काठमाण्डौं । पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी क्षेत्रनजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर मौसममा उल्लेख्य परिवर्तन देखिएको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि नै विभिन्न प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको क्रम जारी रहेको छ । 

Bizshala
New Office
CG Motors

केही दिनदेखि चर्को गर्मीको मार खेपिरहेका तराई र पहाडी क्षेत्रका बासिन्दाले वर्षासँगै तापक्रममा कमी आएपछि राहत महसुस गर्न थालेका छन् ।

विशेषगरी पश्चिम तराई क्षेत्रमा पछिल्ला दिनमा बढेको अत्यधिक गर्मी वर्षापछि केही कम भएको मौसमविद्हरूले बताएका छन् ।  

महाशाखाका अनुसार सक्रिय मौसमी प्रणाली अझै केही दिन कायम रहने सम्भावना रहेकाले देशका अधिकांश भूभागमा सोमबारसम्म मौसम तुलनात्मक रूपमा चिसो र शीतल रहने अनुमान गरिएको छ ।  

यसको असर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र मधेश प्रदेशमा बढी देखिने अपेक्षा गरिएको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा बादलको प्रभाव बढ्ने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने आकलन पनि गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साथै मधेश, कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार केही क्षेत्रमा भारी वर्षा भइसकेको जानकारी प्राप्त भएको छ भने दिउँसो र रातिको समयमा थप वर्षा हुन सक्ने सम्भावना कायम छ । 

बिहानतिर मौसम केही सुधारिएको देखिए पनि रातिपछि पुनः वर्षाको गतिविधि सक्रिय हुन सक्ने अनुमान गरिएको उनले बताएका छन् ।

महाशाखाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा हावाहुरीको जोखिम पनि रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज रातिको मौसम पनि पूर्ण रूपमा सफा नहुने देखिएको छ ।  

राति बागमती, गण्डकी, कोशी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेशसहित केही तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।  

उच्च भूभागमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.