मन्दाकिनी हाइड्रोपावरले झण्डै ४३ करोडको हकप्रद जारी गर्ने
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले २३ करोड ३४ लाख रुपैयाँबराबरको ऋण तिर्ने प्रयोजनको लागि र माथिल्लो सार्दी खोला जलविद्युत निर्माणमा लगानी गर्ने प्रयोजनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।