माउन्टेन हाईड्रो नेपाल ४१.६० करोड घाटामा, रिजर्भ पनि ९५ करोड बढीले ऋणात्मक
काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ४१ करोड ६० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी ३ करोड ७२ लाख बढी घाटामा थियो । आम्दानीमा आएको गिरावटका कारण कम्पनीको घाटा बढेको हो । कम्पनीले २३ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही...