नाडा अटो शोका लागि आइपुग्यो फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स
काठमाण्डौ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले केही दिनपछि सुरु हुन लागेको नाडा अटो शोका लागि बहुचर्चित डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं ल्याएको छ ।