ङादी ग्रुपको नाफामा ३२% को संकुचन, आम्दानीमा समेत कमी
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको आम्दानीमा आएको गिरावटका कारण नाफा घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.४७ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले २ करोड ५३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवमा १० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा...