‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई महत्वपूर्ण विधेयकलाई औपचारिक रूपमा प्रमाणीकरण गरेका छन्।राष्ट्रपति पौडेलले आइतबार राति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रमाणीकरण गरेका हुन्।

