प्रधानमन्त्रीको अभिव्यक्तिमा राष्ट्रियसभा अवरुद्ध, बैठक भोलिसम्मका लागि स्थगित
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा देखिएको अवरोधका कारण बैठक स्थगित गरिएको छ। राष्ट्रियसभा अध्यक्षले दलहरूबीच सहमतिको प्रयासका लागि बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि सार्ने निर्णय गरेका हुन्।

