७२.१४% मात्रै सकियो धान रोपाइँ, उत्पादन घट्ने अनुमान
काठमाण्डौ । रोपाइँमा सन्तोषजनक प्रगति नहुँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर नौ लाख ९८ हजार २२८ हेक्टर (७२.१४ प्रतिशत) मात्र धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएको थियो । यो वर्ष हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा...