युक्रेनद्वारा हङ्गेरी र स्लोभाकिया निर्यात हुने रुसी तेल पाइपलाइनमाथि आक्रमण
काठमाण्डौ । युक्रेनले हङ्गेरी र स्लोभाकिया निर्यात हुने रुसी तेल पाइपलाइनमा आक्रमण गरेको छ । बुधबार युक्रेनले रुसको मध्य भाग ताम्बोभमा रहेको ड्रुज्बा आयल पाइपलाइनमा आक्रमण गरेको हो ।हङ्गेरी र स्लोभाकियामा तेल आपूर्ति गर्ने पाइपलाइनमा युक्रेनले गरको यो पाँचौ आक्रमण हो । उक्त आक्रमणमा स्वचालित रिमोट कन्ट्रोलको प्रयोग गरिएको युक्रेनी मिडियाले लेखेका छन् ।

