प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा नयाँ विवाद, तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर देशको राजनीति तातेका बेला नवलपरासीको सुस्ता क्षेत्रमा भएको एउटा घटनाले बहसलाई झन् संवेदनशील बनाएको छ। सुस्तामा निर्माणाधीन तटबन्धमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आपत्ति जनाएपछि स्थानीयस्तरमा मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमा पनि प्रश्न उठ्न थालेका छन्—के संसद्मा गरिएको...

