सुदूरपश्चिमको विकास रोडम्याप सार्वजनिक हुँदै, बहसको केन्द्रमा आर्थिक आत्मनिर्भरता
काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकार आज आफ्नो आगामी एक वर्षको राजनीतिक, आर्थिक र विकास एजेन्डा सार्वजनिक गर्ने तयारीमा छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुन लागेसँगै प्रदेश सरकारले विकासका वाचा र कार्यान्वयन क्षमताबीचको सन्तुलन कसरी मिलाउँछ भन्ने प्रश्न पनि केन्द्रमा आएको छ ।

