सुस्त अर्थतन्त्रलाई गति दिन कर प्रणालीमा ठूलो हेरफेरको तयारी
काठमाण्डौं । अर्थतन्त्रमा देखिएको सुस्ती, निजी क्षेत्रको घट्दो मनोबल र बजारमा खस्किएको मागलाई पुनर्जीवित गर्ने दबाबबीच सरकारले आगामी बजेटलाई ‘राजस्वमुखी’ भन्दा ‘आर्थिक पुनरुत्थानमुखी’ बनाउने संकेत दिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने पहिलो बजेटले कर उठाउनेभन्दा आर्थिक गतिविधि बढाउने लक्ष्यलाई प्राथमिकता दिन सक्ने स्रोतहरूको दाबी छ ।

