वित्त खर्च घट्दा सयपत्री हाईड्रोपावरको नाफा २९५% ले बढ्यो, आम्दानीमा भने गिरावट
काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म सयपत्री हाईड्रोपावर लिमिटेडको नाफा २९५.९० प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म ५७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको आम्दानी भने घटेको छ । अघिल्लो आवमा ५ करोड २७ लाख आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ९७ लाख...